प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, न्युनतम ३० देखि अधिकतम ७० रुपैयाँ कायम

2020-08-31
प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, न्युनतम ३० देखि अधिकतम ७० रुपैयाँ कायम

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर कायम गरेको छ। कम्पनीले २०७६ असारमसान्त सम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आ.व २०७५/७६ का लागि बोनस दर कायम गरेको हो। 

 कम्पनीले सावधिक जीवन बीमालेखका अन्र्तगत ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि पनि ३० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। त्यस्तै २० देखि २४ वर्ष सम्मका लागि ५० रुपैयाँ र २५ वा सोभन्दा माथि ७० रुपैयाँ बोनसदर तोकेको छ। 

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्र्तगत ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वा सोभन्दा माथि ७० रुपैयाँ बोनसदर तोकेको छ। 

यस्तै कम्पनीले अग्रिम भुक्तानी जीवन बीमालेख अन्र्तगत १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ। 

यसरी कम्पनीले प्रति हजारमा न्युनतम ३० देखि अधिकतम ७० रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ। कम्पनीले आफुले जारी गरेको बोनसदर यहि भदौ १२ गते बीमा समितिबाट स्वीकृत भएको जनाएको छ।    

 


Share this with your friends: