प्राइम लाइफ इन्स्योरेन्सलाई बीमा समितिद्वारा रु.दश हजार जरीवाना

2022-01-30
प्राइम लाइफ इन्स्योरेन्सलाई बीमा समितिद्वारा रु.दश हजार जरीवाना

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले १० हजार रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३ विपरित कार्य गरेका कारण  कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले जनाएको छ । 

समितिले स्थलगत निरीक्षणका क्रममा सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १२ उल्लङघन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको,बीमिकको हितविपरीत नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०७३ बमोजिम सुरक्षित,मर्यादित र व्यवस्थित रुपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन २०४९ को दफा ३६ को उपदफा १ बमोजिम कम्पनीलाई कारबाही गरिएको जनाएको छ । 


Share this with your friends: