बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

2022-01-28
बीमा समितिद्वारा नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना

काठमाण्डौ । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई जरीवाना गरेको छ । समितिले सुशासन सम्बन्धि निर्देशिका २०७५ को दफा ३१ को उपदफा(१)र (२)मा तोकिएको व्यवस्था बमोजिम अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गर्ने नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार जरीवाना गर्ने निर्णय गरेको हो ।  

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक प्रबन्धकमा नियुक्ती गरेको उजुरी बीमा समितिमा परेको थियो । उजुरी परेपश्चात बीमा समितिले कम्पनीबाट आवश्यक प्रतिवेदन÷विवरण झिकाई अध्ययन गर्दा कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिमा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कायललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरी समतिबाट जारी निर्देशिकाको जानाजाना उल्लङघन गरेको पाइएको जनाएको छ । 

यस्तै बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धिी निर्देशिका २०७५ को दफा १४ को उपदफा ९ मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति तथा उपसमितिमा संयोजक हुन पाउने छैन’भन्ने व्यवस्था विपरीत नेपाल लाइफको विभिन्न १४ वटा समिति उपसमितिहरुमध्ये सञ्चालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति उपसमितिहरुमा संयोजक रहि समितिद्वारा निर्देशिका जानाजानी उल्लङघन गरेकाले बीमा एने २०४९ को् दफा ३६ को उपदफा १ बमोजिम कम्पनीलाई १० हजार जरीवाना गर्ने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।  


Share this with your friends: