बीमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने,रिक्त सीईओ पद ३ महिनाभित्रमा नियुक्त गर्नुपर्ने

2022-04-03
बीमा कम्पनीका सञ्चालक दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने,रिक्त सीईओ पद ३ महिनाभित्रमा नियुक्त गर्नुपर्ने

काठमाण्डौ । अब बीमा कम्पनीका सञ्चालकहरु दुई कार्यकालभन्दा बढी सयमका लागि   सञ्चालक पदमा रहन नपाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै सञ्चालक पदमा मनोनित भई वा दुई वा सोभन्दा बढी कार्यकाल सञ्चालक भई पुन सञ्चालक नियुक्ती वा मनोनित हुन नसक्ने जनाएको हो । 

यो नयाँ व्यवस्था संस्थापक र सर्वसाधारण समूह दुवैबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुका लागि लागू हुनेछ । तर स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्रै नियुक्त हुन पाउने व्यवस्था गरिएको छ । 

त्यस्तै संशोधित निर्देशिका अनुसार सञ्चालक पदमा बाहल रहुुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोहि बीमकको कुनै पनि प्रकारको सेयर।डिबेन्चर खरिद बिक्री गर्न पाइने छैन । 

तर सञ्चालक पदमा संस्थागत प्रतिनिधित्व भएका सञ्चालकको हकमा सञ्चालक नियुक्ती गर्ने सेयरधनीले बीमा समितिको स्वीकृती लिई खरिद बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । 

त्यस्तै बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले ३ महिनाभित्रमा नियुक्ती गर्नुपर्ने व्यवस्था गरिएको छ । 


Share this with your friends: