बीमा कम्पनीहरुले असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने

2022-04-03
बीमा कम्पनीहरुले असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गर्नुपर्ने

काठमाण्डौ । जीवन र निर्जीवन दुवै बीमकहरुले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी बीमा समितिबाट स्वीकृत गराउनुपर्ने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै बीमकले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयार गरी सञ्चालक समितिबाट स्वीकृत गराउनु पर्ने व्यवस्था गरेको हो । 

यसरी स्वीकृत भएको नीति तथा कार्यक्रम र बजेट स्वीकृत भएको मितिले १५ दिनभित्र बीमा समितिसमक्ष पेस गर्नुपर्नेछ । 

त्यस्तै सञ्चालक समितिले वार्षिक नीति तथा कार्यक्रम र बजेट त्रैमासिक रुपमा समीक्षा गर्नुपर्नेछ र सोको जानकारी समीक्षा भएको मितिले ७ दिनभित्र बीमा समितिसमक्ष पेस गर्नुपर्नेछ । 

यसैगरी समितिले प्रत्यके ५ वर्षमा गरिने विस्तृत लेखापरीक्षणको प्रतिवेदनको एकप्रति बीमा समितिमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी पेस गरेको प्रतिवेदनमा समितिले आवश्यक निर्देशन दिन सक्ने समितिले जनाएको छ ।  

 


Share this with your friends: