बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्न,बीमा महाविपत्ती बोन्ड जारी गरिने

2022-05-29
बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्न,बीमा महाविपत्ती बोन्ड जारी गरिने

काठमाण्डौ । सरकारले बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधारमा विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधारमा विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था गरिने बताएका हुन् । 

शर्माले राष्ट्रिय बीमा नीति विपद् जोखिम बीमा रणनीति तर्जुमा गरी कार्यान्वयन गरिने बताएका छन् । यस्तै एक परिवार एक बीमा अवधारणालाई साकार पर्न आवश्यक कार्यक्रम सञ्चालन गरी स्थानिय तहसम्म बीमाको पहुँच विस्तार गरिनेछ । बीमा महाविपत्ती बोन्ड जारी गर्ने आवश्यक अध्ययन गरिनेछ । बीमा व्यवसायीहरुलाई सामाजिक संरक्षणका एक आधारको रुपमा विकास गर्नका लागि गरीब,विपन्न तथा कृषि क्षेत्रलाई समेट्ने गरी लघुबीमा कम्पनीको स्थापना गरिनेछ । 

बीमा सूचना केन्द्र स्थापना गरिनेछ । बीमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ बजेटमा उल्लेख गरिएको छ । 


Share this with your friends: