मोलुङ हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

2021-06-29
मोलुङ हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बत्रैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो । 

बैठकले आगामी साउन १५ गते शुक्रबारका दिन काठमाण्डौ रविभवनमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा नियमावलीको नियम २७ को (३) नियम २९ संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सार्वजनिक निष्कासन(आईपीओ)बाट प्राप्त रकमको उपयोग सम्बन्धमा र सञ्चालक समितिको गठन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरिनेछ ।  


Share this with your friends: