यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

2021-06-11
यी तीन बीमा कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौँ । आज(जेठ २८ गते)तीनवटा बीमा कम्पनीहरुको साधारण सभा आयोजना हुँदैछ ।  आज हिमालयन जनरल, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आयोजना हुँदैछ । 

हिमालयन जनरलको २७ औँ वार्षिक साधारण सभा कम्पनीको थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना हुनेछ । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांस गरी कुल ६.७५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीले कुनै कम्पनीलाई प्राप्ति वा एक आपसमा गाभिने प्रक्रियाका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ को वित्तीय विवरण पारित गर्ने र चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

यस्तै सिद्धार्थ इन्स्योरेन्सको  १९ औँ वार्षिक साधारण सभा बबरमहलमा रहेको कम्पनीको भवनमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना हुनेछ । 
उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९४ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

यसैगरी आज लुम्बिनी जनरल इन्स्योरेन्सको १६ वार्षिक साधारण सभा विद्युतिय माध्यम(जुम एप)मार्फत आयोजना हुँदैछ । 

उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ।व २०६७/७७ को मुनाफाबाट ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार बराबरको बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै कम्पनीको हालको जारी तथा चुक्तापूँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।


Share this with your friends: