यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-08-01
यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको दुलेगौंडा शाखाले ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्यानेजर अनिल थापा, क्षेत्र बहादुर थापा,सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको समूहले मृतक बिमित गम बहादुर थापाकी श्रीमती देउ माया थापा मगरलाई लाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन ।

मृतक गम बहादुर थापा मगरले २०७७ साल असोजमा  ५ लाख बराबरको जीवन बीमा गरेका थिए । 


Share this with your friends: