यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-06-08
यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा–१५ का देवराज न्यौपानेको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीमार्फत मृतकका परिवरलाई उक्त रकम हस्तान्तरण गरेको हो ।  

मृतक न्यौपानेले करीब १४ महिना ५० लाख रुपैयाको जीवन बीमा गरेका थिए । न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो ।

निधन पश्चात न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक निजकै निवासमा पुगि प्रदान गरिएको कम्पनीले बताएको छ । 


Share this with your friends: