यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-06-11
यूनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको आवुखैरेनी शाखाले २० लाख ५६ हजार रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो। 

कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , आवुखैरेनी गा.पा वडा –३ का वडा सदस्य दिनेश के.सी , आवुखैरेनी शाखाका प्रमुख सविता भटटराई लगायतको टोलीले स्वार्गिय विमित आवुखैरेनी गा.पा वडा–३ का गंगा सिं तामाङका छोरा पिटर तामाङलाई मृत्यु दाबी बापतको रकम प्रदान गरेका हुन् ।

मृतक गंगा सिं तामाङले गत माघमा २० लाख रुपैयाको बराबरको जीवन बीमा गरेका थिए ।

उनको गत चैत्रमा असमायिक निधन भएको थियो ।


Share this with your friends: