राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

2021-05-21
राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमाललाई प्रदान गरिएको छ ।

गत बिहीबारबाट प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिएसँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो । अर्थ मन्त्रालयले महेश रिमाललाई निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो ।

कोराना महामारीका कारण प्रशासकको नियुक्ति प्रक्रिया अगाडी बढाउन नसकिएका कारण मन्त्रालयद्वारा डेप्युटी जनरल म्यानेजरका रुपमा कार्यरत  रिमाललाई निमित्तको प्रशासकको जिम्मेवारी प्रदान गरिएको हो । अवस्था सहज भए पछि प्रशासक पदका लागि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रावधान रहेको छ । 


Share this with your friends: