राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी

2021-12-30
राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा सुवेदी

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकमा सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो । 

सुवेदीलाई सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सुवेदी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । 


Share this with your friends: