रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-04-22
रिलायबल नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले कञ्चनपुरका हरि पन्तको परिवारलाई मत्यु दाबी भुक्तानी गरेको हो । पन्तले २०७६ साल असोजमा महिनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सुलभ बीमा योजना अन्तर्गत चार करोड सावधिक बीमा गरेका थिए । उनले बीमा बापतको रकम पहिलो किस्ता बापत सात लाख रुपैयाँ प्रिमियम तिरेका थिए । पन्तको बीमा गरेको एक महिनापछि २०७६ कात्तिकमा मृत्यु भएको थियो ।  


मृतककी श्रीमती पारुदेवि पन्तलाई कम्पनीको नियम अनुसार बुधवार एक कार्यक्रमको आयोजना गरेर बीमा बापतको रकम चार करोडको चेक हस्तान्तरण गरिएको हो । बीमा भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवाल, बीमा समितिको कार्यकारी निर्देशक राजु रमन पौडेल लगायतको उपस्थित रहेको थियो । 


Share this with your friends: