लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2021-05-27
लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुुई निर्जीवन बीमा कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने अन्तिम दिन रहेको हो। 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि दुुवै कम्पनीरुहरुले भोलि(जेठ १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीरुह मात्रै कम्पनीहरुद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 

सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १२ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांस गरी कुल १५.७८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ २८ गते आयोजना हुन गईरहेको १९ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

यस्तै लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि गा आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ २८ गते आयोजना हुन गईरहेको १६ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: