लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थागत समूहतर्फको सेयर लिलामीमा राखिने

2021-07-02
लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थागत समूहतर्फको सेयर लिलामीमा राखिने

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत समूहतर्फको सेयर लिलामीमा राखिने भएको छ । कम्पनीको संस्थागत समूहतर्फको १ लाख १६ हजार ४६४ कित्ता सेयर लिलामीमा राख्न लागिएको हो ।  

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरुले सूचना प्रकातिश भएको ३५ दिनभित्र बोलपत्र अवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम मूल्य प्रतिकित्ता  रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि न्यूनतम मूल्य ४२१ रुपैयाँ तोकिएको छ । यसर्थ इच्छुक संस्थापकहरुले न्यूनतम मूल्यभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ । 

निर्धारित मितिमा सेयर बिक्री नभएमा नियामक निकाय बीमा समितिको निर्देशन बमोजिम कम्पनीको यो सेयर अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ । 


Share this with your friends: