लुम्बिनी जनरल इन्स्योरेन्सको १.२२ लाख कित्ता सेयर लिलामीमा राखिने

2021-08-27
लुम्बिनी जनरल इन्स्योरेन्सको १.२२ लाख कित्ता सेयर लिलामीमा राखिने

काठमाण्डौ । सनराइन बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर आगामी भदौ १८ गतेदेखि लिलामीमा राखिन लागिएको हो । 
उक्त लिलामी सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४२१.६३ रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले बोलपत्र आवेदन पेस गर्दा न्यूनतम मूल्यभन्दा बढी रकममा बोलकबोल पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले सनराइन क्यापिटल लिमिटेड कमलपोखरी काठमाणडौमा आईपुग्ने गरी  असोज १ गते अपरान्ह १ः३० बजेसम्म आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।  

 


Share this with your friends: