लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

2022-03-28
लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १५ गतेदेखि १ लाख २२ हजार २८९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो । 

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु तथा बीमा समितिको निर्देशन तथा प्रचलित कानुन बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति÷संगठित संस्थाहरुले निवेदन दिन सक्नेछन् ।


Share this with your friends: