लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलामीमा राखिने

2022-05-20
लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलामीमा राखिने

काठमाण्डौ । कमाुरी बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी जेठ १३ गतेदेखि लिलामीमा राखिने भएको हो । 

कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ निर्धारण गरेको छ । यो सेयर खरिदका लागि हाल कायम रहेका कम्पनीका संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति÷संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरुले आगामी जेठ २७ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 
लगानीकर्ताले न्यूनतम १० हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।    


Share this with your friends: