सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

2021-03-29
सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्किचुहा न.पा. २ कैलाली स्थित मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतकको घरकै गई परिवारका सदस्यलाई मृत्यु दाबी भुक्तानी बापतको चेक हस्तान्तरण गरेको हो । 

कम्पनीले मृतक चेतन जैसीको मासिक आय सुविधा वापत ४० हजार रुपैयाँ किरिया खर्च वापत र ५० हजार रुपैयाँ किरिया खर्च वापत ५० हजार रुपैयाँ गरि कुल ९० हजार रुपैयाँ बीमा दाबी भुक्तानी रकम मृतकको आमा अमृता बजगाईलाई हस्तान्तरण गरेको हो ।

उक्त चेक कम्पनीको धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीद्वारा मृतकको परिवारलाई हस्तान्तरण गरिएको थियो ।


Share this with your friends: