सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

2021-06-24
सन नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बुर्तिबाङ शाखाले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी मृतक केशमाया पुन घर्तिको परिवारलाई दाबी भुक्तानी रकम प्रदान गरेको थियो । 

कम्पनीले उनको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । घर्तिको गत पुस २८ गते दुर्घटनाका कारण निधन भएको थियो । दाबी रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीका, उपप्रमुख कर्र्मती पुन, ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर,वडा नम्बर ५ का अध्यक्ष जिवन पुन, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्त, समाजसेवी तुल्सीराम अर्याल, ऋतुवर्ण पौडेल, उत्तम महत, इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लगायतको उपस्थिती रहेको थियो ।


Share this with your friends: