सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-05-28
सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुुई कम्पनीहरुद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

सिद्धार्थ इन्स्योरेन्सद्वारा प्रस्तावित १२ प्रतिशत बोनस सेयर र लुम्बिनी जनरलद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै सिद्धार्थ इन्स्योरेन्सको प्रति सेयरमूल्य १२०५ रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३५० रुपैयाँ कायम थियो। 

यस्तै लुम्बिनी जनरलद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७९१ रुपैयाँ कायम गरिएको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८३१ रुपैयाँ कायम थियो। 

सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांस गरी कुल १५.७८ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ २८ गते आयोजना हुन गईरहेको १९ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 

यस्तै लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि गा आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ २८ गते आयोजना हुन गईरहेको १६ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

 


Share this with your friends: