सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त

2021-08-19
सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको १७७ औँ बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैठकले उनलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । 

नेपालको निर्जीवन बीमा उद्योगमा क्षेत्रीको तीन दशकभन्दा लामो अनुभव रहेको छ । उनले आफ्नो एमबीए डिग्री पूर्वान्चल विश्वविद्यालयबाट गरेका छन् । क्षेत्री इन्स्योरेन्स इन्टिच्युट अफ इन्डियाको फेलो मेम्बरका रुपमा समेत रहेका छन् । उनले बीमा क्षेत्रमा आफ्नो पाइला ओरियन्टल इन्स्योरेन्सबाट चालेका थिए । 

क्षेत्री यसअघि २०७४ भदौ १ गते सिद्धार्थ इन्स्योरेनसको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनको कार्यकाल यहि भदौ १ गते सकिएकाले कम्पनीले उनलाई पुनःसीईओमा नियुक्त गरेको हो । 


Share this with your friends: