स्वाभिमान लघुवित्तमा चारजना सञ्चालक निर्वारोध निर्वाचित,अध्यक्षमा श्रेष्ठ चयन

2021-12-23
स्वाभिमान लघुवित्तमा चारजना सञ्चालक निर्वारोध निर्वाचित,अध्यक्षमा श्रेष्ठ चयन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चारजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पुस ८ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट सन्तोष नारायण श्रेष्ठ, कृष्णप्रसाद अर्याल, गिरीराज पाठक र हेमलाल शर्मा निर्विरोध निर्वाचित भएका हुन् । 

यसका साथै लगत्तै बसेको सञ्चालक समितिको बैठकले सन्तोष नारायण श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको संस्थाले जनाएको छ । 


Share this with your friends: