हिमालय उर्जा विकासका सञ्चालक चौलागाईको कोरोनाका कारण निधन

2021-06-08
हिमालय उर्जा विकासका सञ्चालक चौलागाईको कोरोनाका कारण निधन

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमणका कारण उनको गत वैशाख २८ गते निधन भएको कम्पनीले जनाएको छ। तर सरकारले जारी गरेको निषेधाज्ञाका कारण कार्यालय पूर्ण रुपमा बन्द रहेकाले समयमै जानकारी दिन नसकिएको कम्पनीले जनाएको छ। 

उनको निधनसँगै कम्पनीको उक्त सञ्चालक पद रिक्त रहेको कम्पनीले जनाएको छ। चौलागाई संस्थापक सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए। 

 


Share this with your friends: