समितिद्वारा वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने विशेषाङ्कका लागि लेख रचना पठाउन आह्वान

2022-03-25
समितिद्वारा वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने विशेषाङ्कका लागि लेख रचना पठाउन आह्वान

काठमाण्डौ । बीमा समितिले आफ्नो वार्षिकोत्सवका अवसरमा ‘बीमा समाचार र बीमा विशेषाङ्क’ प्रकाशन गर्न भएको छ । समितिले २०७९ जेठ १ गते ५४ औँ वार्षिकोत्सवका अवसरमा प्रकाशन हुने उक्त विशेषाङकमा समग्र अर्थतन्त्र,बित्त,बैंक,बीमा,पूँजीबजार,व्यवस्थापन लगायतका विषयसँग सम्बन्धीत लेख रचनाहरु पठाउन आह्वान गरेको छ । 

उक्त रचनाहरु तथ्यपरक तथा विश्लेषणात्मक हुनुका साथै अन्यत्र कतै प्रकाशित नभएको हुनुपर्नेछ । इच्छुक सहभागीहरुले कम्तीमा २ हजार शब्दसम्मको नेपाली वा अंग्रेजी भाषामा  प्रिति वा टाइम्स न्यू रोमन फन्टमा तयार गरी चैत मसान्तभित्र इमेल ठेगाना पठाउनु पर्नेछ । लेख रचनाका लागि समितिले पारिश्रमिकको समेत व्यवस्था गरेको जनाएको छ । 


Share this with your friends: