इन्फिनिटी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

2021-12-21
इन्फिनिटी लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २७ गते मंगलबारका दिन नवलपरासी गैडाकोटमा रहेको होटल द नारायणीमा बिहान १० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी कुल २९.१६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोडलाई वृद्धि गरी १ अर्ब पुर्याउने प्रस्ताव पारित गरिनेछ । 
सभामा संस्थाले एक वा एकभन्दा बढी उपयुक्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: