इन्फिनिटी लघुवित्तको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

2022-01-11
इन्फिनिटी लघुवित्तको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। संस्थाको पाचौँ वार्षिक साधारण सभा आज नवलपरासी गैडाकोटमा रहेको होटल द नारायणीमा आयोजना हुन लागेको हो । 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २७.७० प्रतिशत बोनस सेयर र १.४६ प्रतिशत नगद लाभांस गरी कुल २९.१६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोडलाई वृद्धि गरी १ अर्ब पुर्याउने प्रस्ताव पारित गरिनेछ । 
सभामा संस्थाले एक वा एकभन्दा बढी उपयुक्त संस्थाहरु गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७र७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 


Share this with your friends: