गरिमा विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

2022-04-01
गरिमा विकास बैंकको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(चैत १८ गते) आयोजना हुँदैछ । बैंकको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको १५ औँ वार्षिक साधारण सभा पोखरा स्थित होटल पोखरा ग्राण्डमा बिहान १०.३० बजे आयोजना हुन लागेको हो।

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि)गरी कुल १६.७१ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यसैगरी बोनस सेयरपश्चात कायम हुने कुल चुक्तापूँजीको ५१ प्रतिशत संस्थापक सेयर कायम हुनेगरी अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा गरिमा बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरिनुका साथै आ.व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 


Share this with your friends: