ग्रिन लाइफ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

2022-01-14
ग्रिन लाइफ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्यांक्वेटमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनुका साथै प्रबन्धक सञ्चालकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: