जोशी हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

2021-12-27
जोशी हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले पाँचौं, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक डाकेको हो । 

बैठकले आगामी माघ ३ गते काठमाण्डौ दरबारमार्गमा रहेको ल्याण्डमार्क हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व  २०७५/७६,२०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षण प्रतिवेदन सहित आ.व २०७५/७६,२०७६/७७ र २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 


Share this with your friends: