डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

2021-05-27
डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

दाहाललाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको संस्थाले जनाएको छ । 


Share this with your friends: