निर्धन उत्थान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-12-19
निर्धन उत्थान लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २५ गते आइतबारका दिन नक्सालमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट दिउसो १ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २९.५ प्रतिशत बोनस सेयर र १.५५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थाको हाल कायम अधिकृत पूँजी २ अर्ब ५२ करोडलाई वृद्धि गरी ३ अर्ब पुर्याउने प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १३ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: