नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन

2020-11-02
नेपाल पुनर्बीमा कम्पनीको लोगो र छाप परिवर्तन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ। 

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेको र नेपालको निशाना छापमा समेत सो भुभाग समावेश गरी संसोधन गरे अनुरुप नै उक्त परिवर्तित लोगो कम्पनीको छापको रुपमा समेत प्रयोगमा ल्याउने निर्णय गरिएको कम्पनीले जनाएको छ। 

यसको अर्थ यसअघि कम्पनीले गोलो आकारमा बाहिर कम्पनीको नाम र भित्र २०७१ लेखिएको छाप प्रयोग गर्दै आइरहेकोमा अब लोगो र छाप एउटै प्रयोग गर्ने भएको छ । 

 


Share this with your friends: