पेट्रोलियम पदार्थबाट चल्ने सावरी साधनलाई २०८८ सम्म विस्थापित गरिने

2021-05-29
पेट्रोलियम पदार्थबाट चल्ने सावरी साधनलाई २०८८ सम्म विस्थापित गरिने

काठमाण्डौ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनहरुलाई २०८८ सम्म विद्युतीय सवारी साधनले विस्थापन गर्ने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिइने बताएका हुन् । यको अध्ययनका लागि विज्ञसहितको कार्यदल गठन गरिनेछ । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट प्रदान गरिने बताए । 


Share this with your friends: