पोखरा फाइनान्सका दुई सञ्चालकको राजीनामा स्वीकृत

2022-03-07
पोखरा फाइनान्सका दुई सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकद्धय रेशमलाल पौडेल र विष्णुहरि तिमिल्सिनाको राजीनामा स्वीकृत गरेको हो ।   

दुवै सञ्चालकको राजीनामा फागुन २३ गतेदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको हो । रेशमलाल पौडेल संस्थापक समूहबाट र विष्णुहरि लिमिल्सिना स्वतन्त्र सञ्चालकका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । 


Share this with your friends: