बीमाको पहुँच एक तिहाई जनसंख्यामा पुर्याइने, सार्वजनिक पूर्वाधार तथा निजी भवनको बीमा गर्ने व्यवस्था

2021-05-29
बीमाको पहुँच एक तिहाई जनसंख्यामा पुर्याइने, सार्वजनिक पूर्वाधार तथा निजी भवनको बीमा गर्ने व्यवस्था

काठमाण्डौ । बीमा सेवाको दायरालाई विस्तार गरी आगामी वर्ष न्यूतम एक तिहाई जनसंख्यामा बीमाको पहुँच पुर्याइने भएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।   

यस्तै सार्वजनिक पूर्वाधार सरकारी तथा निजी भवनको बीमा गर्ने व्यवस्थालाई अभियानका रुपमा सञ्चालन गरिने भएको छ । निजी घरको हकमा रु. ५ हजार सम्मको बीमा प्रिमियमलाई आयकर प्रयोजनका लागि खर्च कट्टी गर्न दिने व्यवस्था मिलाइएको छ ।   


Share this with your friends: