बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान

2021-04-29
बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान

काठमाण्डौ । नयामक निकाय बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गरेको छ । समितिले आज(वैशाख १६ गते) एक सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनी स्थापनका लागि प्रस्ताव आह्वान गरेको हो ।

समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनीको स्थापनाको कार्य अघि बढाउन लागिएको जनाएको छ ।

नयाँ पुनर्बीमा कम्पनी स्थापनाका लागि इच्छुक व्यक्ति वा लगानीकर्ता संस्थाले समितिद्वारा जारी गरिएको सर्तको अधिनमा रहि प्रस्ताव पेश गर्न सक्नेछन् । इच्छुक व्यक्ति वा लगानीकर्ता संस्थाले सूचना प्रकाशित भएको २१ दिन, दिनको १२ बजेभित्र समितिको नाममा सिलबन्दी प्रस्ताव सम्बन्धित प्रस्तावत व्यक्ति वा संस्थाको नाम नाम ठेगाना स्पष्ट खुल्नेगरी समितिमा दर्ता गर्नुपर्नेछ । 

यसरी प्रस्ताव दर्ता गर्दा प्रस्तावित पुनर्बीमा कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ नघट्ने गरी प्रस्ताव गर्नुपर्नेछ । 

प्रस्तावकले पहिले नै पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो लगानीकर्ताको प्रस्ताव अमान्य हुने समितिले जनाएको छ । प्रस्तावकले प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव दर्ता गर्दा बीमा समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ को परिच्छेद ३ को बुदाँ न ९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धि प्रावधानमा उल्लेखति बुदाँहरु समेत समावेश गरेको हुनुपर्नेछ । 
प्रस्तावले पेश गरेका प्रस्तावहरुमध्ये बीमा समितिबाट तयार हुने मुल्यानंकनका आधारहरुमा उच्चतम अंक प्राप्त गर्ने एक प्रस्तावकलाई छनोट गरिनेछ ।     

हाल नेपालमा एउटा मात्रै पुनर्बीमा कम्पनीको रुपमा नेपाल नेपाल पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा रहेको छ । 


Share this with your friends: