बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारण सभा

2020-12-29
बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो माघ ६ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडको हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा कम्पनीको आईपीओ निष्कासन बुक बिल्डीङ बिधिबाट गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यसका साथै सञ्चालक समितिको दोस्रो वार्षिक प्रतिवेदन पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। 

सभामा आ.व २०७६÷७७ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरिनेछ। 

 


Share this with your friends: