मन्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-12-23
मन्जुश्री फाइनान्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो।

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ नयाँ बानेश्वरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बिहान ११.०० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस गरी कुल ४६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३६ करोड रुपैयाँ र हाल कायम रहेको जारी पूँजी ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँबाट वृद्धि गरी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४९ रुपैयाँ पुर्याउने विेशष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै संस्था र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने तथा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: