मोदी इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

2022-02-01
मोदी इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी फागुन १० गते काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यलयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्ने तथा प्रबन्धपत्रमा सोहि अनुरुपको संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण सहितको प्रतिवेदन पारित गरिनेछ । यसैगरी लेखापरीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीषकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताप समेत पारित गरिनेछ । 


Share this with your friends: