यस्ता छन् संगठित पुनर्बीमा ब्रोकरले गर्नुपर्ने काम कर्तव्यहरु

2021-06-18
यस्ता छन् संगठित पुनर्बीमा ब्रोकरले गर्नुपर्ने काम कर्तव्यहरु

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा व्यवसायलाई व्यवस्थित गर्न र यसको विकासका लागि भन्दै केहि समय अघि पुनर्बीमा दलाल(ब्रोकर) सम्बन्धि निर्देशिका २०७८, जारी गरेको थियो। समितिले पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार अब पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्नका लागि संगठित संस्थाको स्थापना गर्नुपर्नेछ। यसरी स्थापना हुने पुनर्बीमा ब्रोकर कम्पनीको अधिकृत पूँजी कम्तीमा १० करोड रुपैयाँ हुनुपर्नेछ। ल्लेखित पूँजीको ५० प्रतिशत रकम अर्थात ५ करोड रुपैयाँ चुक्ता पूँजीको रुपमा कायम हुनेपर्ने छ। यस्तै पुनर्बीमा दलाल कम्पनीले अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा जम्मा गर्नुपर्नेछ। अधिकृत पूँजी र चुक्तापूँजी सम्बन्धि अन्य व्यवस्था समितिले समय समयमा तोके बमोजिम हुनेछ। 

यो निर्देशिका अनुसार संगठित पुनर्बीमा ब्रोकरले निम्न अनुसार काम कर्यव्यहरु गर्नुपर्नेछः

१ बीमकले जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न दायित्व सम्बन्धमा बीमक(पुनबीमित)को तर्फबाट पुनर्बीमक तथा पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थतता गर्ने ,
२.पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने
३. बीमा÷पुनर्बीमा बजारको विश्लेषण गरी पुनर्बीमित÷पुनर्बीमकलाई उपलब्ध गराउने 
४. पुनर्बीमा दाबी भुक्तानी सहजीकरण गर्ने
५. पुनर्बीमा सम्झौता अनुरुपको लिने÷दिने रकमको हिसाब फरफारक गर्न सहयोग गर्ने 
६. जोखिम अनुसार उपयुक्त पुनर्बीमा व्यवस्था गर्न सहयोग गर्ने 
७. बीमितका लागि उपयुक्त पुनर्बीमा दर प्राप्त गर्न प्रयत्न गर्ने 
८. विदेशी बीमकले विदेशी मुलुकमा जारी गरेको बीमालेख अन्तर्गत उत्पन्न हुने जोखिम सम्बन्धमा नेपाली पुनर्बीमक वा पुनर्बीमकसँग मध्यस्थता गर्ने 
९. पुनर्बीमितको आवश्यकता अनुसार पुनर्बीमा व्यवस्था गराउने
१०. बीमक तथा पुनर्बीमकको सहमति अनुसार कभरनोट जारी गर्ने
११. पुनर्बीमक तथा पुनर्बीमितका बीच लिनुदिनु पर्ने रकमको समर्थन पत्र उपलब्ध गराउने
१२. आफुले पुनर्बीमा व्यवस्था गरे गराएको पुनर्बीमा सम्झौता अन्तर्गत बीमकमा पर्ने दाबीहरुको फर्छयौट गर्ने गराउने 
१३.पुनर्बीमितलाई पुनर्बीमकको ख्याति र रेटिङबारे जानकारी तथा परामर्श प्रदान गर्ने 
१४.पुनर्बीमा दलालले गर्ने अन्य अन्तराष्ट्रिय अभ्यास अनुसारका अन्य कार्यहरु गर्ने गराउने 

पुनर्बीमा दलालको कर्तव्य

१. पुनर्बीमा गुर्नअघि त्यस्तो पुनर्बीमा सम्झौताबाट उत्पन्न हुने दायित्व स्वीकार गर्ने सम्बन्धमा पुनर्बीमकबाट अख्तीयारी प्राप्त गर्नुपर्नेछ 
२.पुनर्बीमा दिने पुनर्बीमित र पुनर्बीमा स्वीकार गर्ने पुनर्बीमक दुवैसँग पुनर्बीमा दलालले पूर्ण सदिस्वास कायम राख्नुपर्ने 
३. पुनर्बीमा दलाले आपुले प्लेसमेन्ट गर्ने पुनर्बीमकको आर्थिक तथा सोल्भेन्सी स्थितिको अद्यावधिक विश्लेषण तथा पुनर्बीमकको क्रेडिट रेटिङ स्थिीतिको रेकड राख्नुपर्ने
४. बीमक तथा पुनर्बीमितको निर्देशन अनुसार कार्य गर्नुपर्ने
५. पुनर्बीमितले चाहेको जोखिम मात्रै पुनर्बीमा गर्नुपर्ने
६.पुनर्बीमा गर्न नसेकेमा, पुनर्बीमा अस्विकृत भएमा वा पुनर्बीमा स्वीकृत गर्न ढिला भएमा पुनर्बीमितलाई जानकारी गराउने
७. पुनर्बीमा सम्झौताद्वारा हस्तान्तरण हुने व्यवसाय सम्बन्धमा पुनर्बीमकसँग कुनै सम्बन्ध भएमा खुलासा गर्नुपर्ने
८. माथि उल्लेखित पुनर्बीमकबाट प्लेसमेन्ट स्लिप लिएर मात्र पुनर्बीमकको तर्फबाट पुनर्बीमा कभरनोट जारी गर्नुपर्नेछ
९. उपयुक्त पुनर्बीमा सम्झौता तयार गरी पुनर्बीमकको हस्ताक्षर गराई पुनर्बीमित समक्ष पेश गर्नुपर्नेछ 
१०. पुनर्बीमक र पुनर्बीमित बीच सूचना आदानप्रदान गरिदिनुपर्ने
११. पुनर्बीमक र पुनर्बीमितबीच शुल्क वा दायित्व वापतको रकम वा अन्य रकम पठाउने कार्य गर्नुपर्ने
१२. आफुले बुुझेको वा पठाएको रकमको लेखा राख्नुपर्ने 
१३. अवधि समाप्त भएको दश वर्षसम्म आफ्नो पुनर्बीमा सम्बन्धि कारोबारको अभिलेख राख्नुपर्ने 


Share this with your friends: