युनाइटेड मोदी हाइड्रोपावरद्वारा नगद लाभांस प्रस्ताव, साधारण सभाको मिति पनि तय

2020-12-10
युनाइटेड मोदी हाइड्रोपावरद्वारा नगद लाभांस प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज बिहीबार(मंसिर २५ गते) बसेका सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो। 

बैठकले कुल ५.२३६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित ५.२६३ प्रतिशते हुन आउने कुल ६ करोड ५ लाख २६ हजार ३१५.८ रुपैयाँ नगद लाभांश रहेको छ। 

यस्तै बैठकले कम्पनीको सातौँ वार्षिक साधारणसभाको मिति पनि तय गरेको छ।  निर्णय अनुसार कम्पनीको ७ औँ वार्षिक साधारण सभा आउँदो पुस २२ गते काठमाण्डौको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम एपबाट आयोजना हुनेछ। 

कम्पनीले आउँदो पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।     

 


Share this with your friends: