युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृती

2021-06-30
युनाईटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृती

काठमाण्डौ । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृत प्रदान गरेको छ । युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको हो । 

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव बैंकको गत असार ६ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरिएको थियो । बैंकले युनाइटेड फाइनान्सलाई १ः०.३५ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । जसअनुसार युनाइटेड फाइनान्सका सेयरधनीहरूले युनाइटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुजी १३ अर्व ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष ३२ अर्ब ६८ करोड हुनेछ । साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भई १४७ हुनेछ भने एटीएम संख्या भने १८९ हुनेछ ।


Share this with your friends: