राष्ट्रिय वाणिज्य बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

2021-12-23
राष्ट्रिय वाणिज्य बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ  वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले दरबारमार्गमा रहेको राष्ट्रिय वाणिज्य बैंकको सभाहलमा आगामी पुस २९ गते दिउसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७७ु/७८ का लागि प्रस्ताव गरिएको ३० प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस गरी कुल ३३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। 

सभामा आ।व २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनेछ। सभामा आ।व २०७८/७९ को लागि लेखापरीक्षक नियुक्तीको तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई नियमअनुसार सेयर नामसारी भएका सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन् । 


Share this with your friends: