समृद्धि फाइनान्सद्वारा सिद्धबाबा धामलाई डस्टबिन हस्तान्तरण

2022-01-03
समृद्धि फाइनान्सद्वारा सिद्धबाबा धामलाई डस्टबिन हस्तान्तरण

काठमाण्डौ । समृद्धि फाइनान्स बुटवल शाखाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको संस्था सिद्घबाबा धाम विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ। 

एक कार्यक्रमका बीच बुटवल शाखाका शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले धामका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनालाई डस्टबिन हस्तान्तरण गरेको हो। 

समय–समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

फाइनान्सले समृद्धि रेमिट्यान्स मुद्दति निक्षेपमा सर्वाधिक ११.३५५, सामान्य र बचत निक्षेपमा अधित्तम ७.५०५ सहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ।


Share this with your friends: