सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-23
सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काभ्रेपलान्चोकमा रहेको हिमालयन दृश्य रिसोर्टमा बिहान ९ बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा संस्थाको कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्था बनाउने विेशष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि आगामी पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।


Share this with your friends: