स्वदेशी पुनर्बीमा कम्पनीलाई सम्पूर्ण पुनर्बीमा व्यवसाय प्रदान गर्न बीमा समितिको निर्देशन

2021-11-26
स्वदेशी पुनर्बीमा कम्पनीलाई सम्पूर्ण पुनर्बीमा व्यवसाय प्रदान गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई प्रदान गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

समितिले एक परिपत्र जारी गर्दै सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । समितिले बीमकले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत हिस्सा सम्बन्धमा भने हालकै व्यवस्था कायम रहने जनाएको छ । 

निर्देशनमा स्वदेशी पुनर्बीमा कम्पनीले कुनै पुनर्बीमा अस्विकार गरेको खण्डमा त्यसरी अस्विकार गरेको अंशको पुनर्बीमा निर्देशिका २०७८ मा उल्लेख भए बमोजिम विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा व्यवसाय प्रदान गर्न भनिएको छ । 

तर विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनर्बीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्न अस्विकार गरेको प्रमाण पेस गर्नुपर्नेछ ।  


Share this with your friends: