प्राप्तिपश्चात नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि

2021-07-11
प्राप्तिपश्चात नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि

काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबारको थालनी गरेको छ ।  

एकिकृत कारोबारको थालनी आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले गरेका हुन्। अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए। दई संस्थाबीचको प्राप्तिले नबिल बैंकको आगामी व्यावसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने उनले बताए ।  

युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष रु. ३२ अर्ब ६८ करोड हुनेछ। यसका साथै नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई १३५ हुनेछ र एटीएम संख्या भने १८३ हुनेछ।


Share this with your friends: