लकडाउनपछिको बिमा क्षेत्र कस्तो हुन्छ ?
फत्तबहादुर केसी भन्छन्–‘थला पर्दैन, लाभांशदर घट्छ’

2020-08-09
लकडाउनपछिको बिमा क्षेत्र कस्तो हुन्छ ?

काठमाण्डौ । कोरोना महामारी संकटले असर नपारेको कुनै क्षेत्र नै छैन । कोरोना नियन्त्रणका लागि लामो समयदेखि लकडाउन जारी हुँदा आर्थिक गतिविधि ठप्प भई बिमा क्षेत्र समेत प्रभावित बन्न पुगेको छ । 

बीमा समितिका पूूर्व अध्यक्ष तथा बिमा विज्ञ प्राडा फत्तबहादुुर केसीले कोरोना महामारीका कारण आर्थिक क्षेत्र ठप्प हुुनु र आर्थिक क्रियाकलापमा संकुुचन हुुँदा बिमा कम्पनीहरुले संकलन गर्ने प्रिमियममा असर पर्ने दाबी गरे ।

‘कोरोनाको असर तत्कालीन एक–डेढ महिना असर देखिने र कोरोना प्रभाव कम हुुँदै गएपछि आर्थिक चलायमान हुुन सकेको खण्डमा बीमा क्षेत्र चाँडो उठ्न सक्छ।’ केसीले बिजशालासँग भने–‘रोगजारी र आम्दानीसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यवसाय भएकाले प्रिमियम तिर्ने क्षमता अनि बीमा प्राथमिकतामा पर्ला कि नपर्ला यसले समेत असर पर्ने हुुन्छ ।’

आर्थिक गतिविधिले विस्तारै गति लिँदै जाँदा रोजगारी, आम्दानी र बीमाशुुल्क तिर्ने क्षमता बढ्दै जाने उल्लेख गर्दै केसी भन्छन्–‘विभिन्न क्षेत्रसँग अन्तरसम्बन्ध रहने भए पनि बढी चाहि बैंक तथा वित्तीय क्षेत्र र विशेषगरी आर्थिक क्षेत्रसँगै यसको सम्बन्ध हुुुन्छ ।’

कोरोनाकै कारणले बीमा क्षेत्र थला परिहाल्ने अवस्था चाहि नआउने केसीको जिकिर छ । 

बीमा कम्पनीहरुको आम्दानी तथा गतिविधि कम भएकाले विगत वर्षझैं आकर्षक लाभांश नआउने दाबी गर्दै केसी लगानीकर्ताहरुले पाउने लाभांश घट्नसक्ने आँकलन गर्छन् । ‘विगतभन्दा लाभांश घट्छ, यो स्वभाविक नै हो ।’ उनले थपे ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनबाट बीमा कम्पनीहरुको स्थिर खर्च भइरहेको र यसले समग्र नाफामा असर पर्ने उनको भनाई छ । ‘र लाभांशमा समेत असर पर्ने नै देखिन्छ।’ केसीले थपे ।

कोरोनाबाट आहत बीमा क्षेत्रलाई उकास्न ७५३ निकायमा नै बीमा फोकस हुुुनुुपर्ने उल्लेख गर्दै केसीले लघुुउद्यम, स्वरोजगारमा बीमा समेट्नुुपर्नेमा जोड दिए । कृषि बीमालाई थप आकर्षक बनाउने र उमेरअनुुसारका बीमा प्रडक्टका स–साना स्किम देशभर अगाडि ल्याउनुुपर्ने उनको धारणा छ । यसले बीमाको दायरा बढाउने उनको ठम्याइँ छ ।


Share this with your friends: